देशमा संघीयता, लोकतान्त्रिक गणतन्त्र स्थापनामा विगतका आन्दोलनको विशिष्ट भूमिका : प्रदेश प्रमुख शर्मा
राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ को अवसरमा बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले शुभकामना व्यक्त गरेका छन् । प्रमुख शर्माले विज्ञप्ति जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेका हुन् ।
उनले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि विगतका ऐतिहासिक आन्दोलन, संघर्ष, त्याग तथा बलिदानको विशिष्ट भूमिका रहेको जनाउँदै यही सेरोफेरोमा र तिनै संघर्षको बलमा अहिले देशमा संघीयता,गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशिता सहितको संविधान क्रियाशील भएको पनि उल्लेख गरे ।
प्रदेश प्रमुख शर्माले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट २००७ साल फागुन ७ गतेका दिन १०४ वर्ष लामो जहानियाँ निरङ्कुश राणा शासनको अन्त्य भई मानवअधिकार तथा राजनैतिक स्वतन्त्रता प्राप्त भएको ऐतिहासिक दिनका रूपमा हामी राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
‘प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान् शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आफ्नो जीवनलाई प्रजातान्त्रिक मूल्य, मान्यता, आदर्श र सिद्धान्तप्रति प्रतिबद्ध प्रजातन्त्रका सेनानीहरूप्रति उच्च सम्मान प्रकट गर्दछु । ’ प्रमुख शर्माले आफ्नो सन्देशमा भनेका छन् ।
शुभकामना सन्देश मार्फत प्रमुखले हामीले आजको ऐतिहासिक सन्दर्भलाई विगतप्रति गौरबबोध गर्ने दिनका रूपमा सम्झिनुपर्ने बताए । प्रदेश प्रमुख शर्माले ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइरहँदा देशमा लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्नका लागि हामी सबैलाई यो दिवसले प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
-
सीमा विवादमा राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
-
चलचित्र पत्रकार संघ नेपालद्वारा राष्ट्रिय फिचर लेखन प्रतियोगिता घोषणा
-
अमेरिकी प्रतिनिधिसभाद्वारा लेबनान युद्ध अधिकारसम्बन्धी प्रस्ताव अस्वीकृत
-
वातावरण दिवसका अवसरमा पोखराका विभिन्न स्थानमा ६ हजार वृक्षारोपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण