प्रजातन्त्रको जगमा आधुनिक गणतन्त्र सम्भव : मुख्यमन्त्री राई
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रजातन्त्रको जगमा आधुनिक गणतन्त्र नेपाल हुन सम्भव भएको हुनाले यसको खास महत्त्व रहेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै राईले मुलुकमा १०४ वर्षसम्म कायम रहेको जहानियाँ राणा शासन अन्त्य भई प्रजातान्त्रिक, राजनीतिक र संवैधानिक व्यवस्थाको प्रारम्भ भएको आजको दिन आधुनिक नेपालको राजनीतिक इतिहासमा विशिष्ट महत्त्व रहेको बताएका हुन् ।
आजको दिनलाई नेपाली जनता रैतीबाट सार्वभौम नागरिक बन्नेतर्फ मार्ग खुलेको दिनको रूपमा पनि स्मरण गरिने उनको भनाइ छ । सन्देशमा मुख्यमन्त्री राईले भनेका छन्, ‘यससँगै नेपालको राजनीतिक ढाँचा र स्वरूप बदलिएर नेपाल अहिले संघीय गणतन्त्र नेपाल भएको छ । नेपालमा युगान्तकारी परिवर्तनका लागि धेरैले आफूलाई संघर्षमा समाहित गरेका छन् । राणा शासन सुरु हुनुअघिदेखि राणा शासनविरुद्धका आन्दोलन, पञ्चायती व्यवस्था अन्त्यका लागि गरिएको आन्दोलन, पछिल्लो गणतान्त्रिक आन्दोलन, जनयुद्ध, मधेश आन्दोलनलगायतका आन्दोलनहरूमा हजारौँ नेपाली जनताले ज्यान गुमाएका छन्, सहादत प्राप्त गरेका छन् । ती महान् सहिदहरूको त्याग र बलिदानको परिणामस्वरूप नै मुलुकमा गणतन्त्र, लोकतन्त्र, संघीय शासन प्रणाली स्थापना हुनुका साथै विकास र समृद्धिको ढोका खुलेको छ ।’
आजको महत्त्वपूर्ण घडीमा प्रजातन्त्रलाई थप दरिलो, जनमुखी एव समावेशी गराउन र सहिदका सपनाहरू पूरा गर्नका साथै बाँकी उपलब्धिहरू प्राप्त गर्न सबै मिलेर अघि बढ्नुपर्ने पनि राईले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण