शान्ति समाजद्वारा निर्वाचन मितव्ययी बनाउन आग्रह
मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले राजनीतिक दलहरूलाई अब आउने निर्वाचन प्रविधिमैत्री र मितव्ययी बनाउन आग्रह गर्दै अहिंसात्मक र मित्रवत प्रतिस्पर्धामा ध्यानाकर्षण गराएको छ ।
७२ औं प्रजातन्त्र दिवसका अवसरमा आज बुटवलमा ‘प्रविधिमैत्री, मितव्ययी, अहिंसात्मक र मित्रवत प्रतिस्पर्धात्मक निर्वाचन राष्ट्रको आवश्यकता’ बिषयक अन्तरक्रियामा समाजले निर्वाचनहरु प्रभावित हुन नहुने भन्दै दलहरूको ध्यानाकर्षण समेत गराएको छ ।
सो अवसरमा बोल्दै लुम्बिनीका प्रदेशका पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले (एमसिसी) का कारण तोकिएको निर्वाचन समेत प्रभावित हुनसक्ने भन्दै दलहरु एकजुट हुनुपर्ने बताए ।
उनले अमेरिकी सहयोग परियोजनामा राजनीतिक दलहरु विभाजित हुने कुरा दुःखद भएको बताए ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका सदस्य विनोद पहाडीले विगतका निर्वाचन निकै महँगो भएको भन्दै आर्थिक रुपमा कमजोर बर्ग समुदायका व्यक्तिहरु निर्वाचन लड्न सक्ने अवस्था बनाउनु पर्ने बताए ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले लोकतन्त्र रक्षाका लागि निर्धारित समयमै निर्वाचन हुनुपर्ने बताए । नेपालमा भएका निर्वाचन कम प्रविधीमैत्री भएकोले त्यसतर्फ ध्यान दिन पनि उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण