सप्तकोशी डेभलपमेन्ट बैंक घोटाला काण्ड : प्रतिवादी १२ जनाविरुद्ध मुद्दा दर्ता गर्ने तयारी
सप्तकोशी डेभलपमेन्ट बैंकको विराटनगरस्थित कर्पोरेट कार्यालयबाट १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेका १२ जनाविरुद्ध मुद्दा दर्ताको अन्तिम तयारी भएको छ । बैकिङ कसुर मुद्दामा बैंकका तत्कालीन सीईओ नविन सुवेदीसहित १२ जनालाई प्रतिवादी बनाएर उच्च अदालत विराटनगरमा मुद्दा दर्ता गर्ने तयारी गरिएको हो । मुद्दा दर्ताको लागि सोमबार अन्तिम दिन हो । सोमबार पनि नभए म्याद थप गर्नुपर्ने भएको कारण त्यसअगाडि नै मुद्दा दर्ताको तयारी गरेको सरकारी वकिलको कार्यालय मोरङले जनाएको छ ।
उक्त प्रकरणमा पाँच पक्राउ परेका छन् भने अन्य ७ जनालाई फरार छन् । उनीहरु सबैलाई प्रतिवादी बनाएर अभियोग दर्ता गर्ने तयारी गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । ‘अनुसन्धान प्रतिवेदन हेरिरहेका छौं, धेरै फाइल भएको कारण भोलिसम्ममा दर्ता गर्ने कोशिश गरिरहेका छौं,’ जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरी शर्मा काफ्लेले भने, ‘अभियोजन पुरा गरेपछि अभियोग दर्ता हुन्छ, भोलिसम्ममा भ्याइएन भने पुनः म्याद थपका लागि निवेदन दिन्छौं ।’
प्रहरीको न्यायीक हिरासतमा रहेका बैंकका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराई, लेखा वित्त प्रमुख देविप्रसाद भण्डारी, अपरेसन प्रमुख अमित थापा मगर र होम प्रसाद पौडेलसहित फरार रहेकाहरु बैंकका कार्यालय सहयोगी चुडा बहादुर निरौला, बैंकका कार्यालय सहयाक पदबाट राजीनामा दिएका निश्चल सुवेदी, खातावाला बबिता बस्नेत, कमल दाहाल, मनोज भट्टराईलाईलगायतलाई मुद्दा दर्ताको तयारी गरेको हो ।
सिईओ सुवेदीले पदीय जिम्मेवारी दुरूपयोग गर्दै फुपू नाता पर्ने झापा दमक नगरपालिका १३ घर भएकी ४३ वर्षे बबिता बस्नेतको खाताबाट फरक–फरक मितिमा १४ करोड ६ लाख ९३ हजार ७ सय ३५ रूपैयाँ झिकेर हिनामिना गरेको खुलेको छ । अपचलन गरेको रकम मध्ये रेमिट खाताको सन् २०१६ अगस्ट ७ तारिकदेखि बबिता बस्नेतको खाताबाट १४ करोड ५ लाख २१ हजार ३ सय ६५ रुपैयाँ र खर्च खाताबाट सन् २०१६ अप्रिल २२ तारिखदेखि १ लाख ७२ हजार ३ सय ७० रुपैयाँ गरी ६ वर्षमा १४ करोड ६ लाख ९३ हजार ७ सय ३५ रुपैयाँ अपचलन गरेको मोरङ प्रहरीले अनुसन्धान पुरा गरेपछि सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण