रोल्पामा गाडीको ठक्करबाट वृद्धको मृत्यु
आइतबार, ०८ फागुन २०७८, १२ : ५३
रोल्पामा पिकअको ठक्करबाट एक जनाको जनाको मृत्यु भएको छ। पिकअपको ठक्करबाट आज बिहान पैदल यात्रु सुनिल स्मृति गाउँपालिका वडा नं. २ का ७७ वर्षीय लालबहादुर भुसालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बिहान लु २ च ६८८६ नम्बरको पिकअपले उनलाई सुनिल स्मृति ४ सुलीचौर बजारमा ठक्कर दिएर गम्भिर घाइते बनाएको थियो । उनको स्थानीय स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्य भएको हो । प्रहरीले सुनछहरी गाउँपालिका २ का १९ वर्षीय चालक लालबहादुर बुढालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण