एमसीसीले रणभूमि बन्यो बानेश्वर (फोटोफिचर)
आइतबार, ०८ फागुन २०७८, १५ : ०४

सरकारले एमसीसी संसद्‍मा टेबल गरेसँगै आन्दोलन थप चर्किँदै गएको छ । केही दिनदेखि संसद्‍मा एमसीसी टेबल नगर्न दबाब दिँदै आन्दोलन भए पनि सोको सुनुवाइ नभए एमसीसी टेबल भएपछि राजधानीको बानेश्वर क्षेत्रमा आन्दोलन थप चर्किएको छ ।
प्रतिनिधिसभाको आइतबार दिउँसो १ बजेपछिको बैठकमा सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी संसद्‍मा टेबल गराए । लगत्तै आक्रोशित बनेका आन्दोलनकारीले बानेश्वर क्षेत्रमा आन्दोलन थप चर्काएका हुन् । उनीहरूले चर्का नाराबाजी गर्दै निषेधित क्षेत्रमा प्रदर्शन थालेपछि प्रहरी हस्तक्षेप भएको छ भने सो क्रममा दर्जनौँ घाइते भएको बताइएको छ । प्रदर्शन गर्नेमा सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठनसहित साना कम्युनिस्ट घटकहरू पनि रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्याङ्जामा रास्वपाका नेतामाथि आक्रमण, दुई जना घाइते
-
सुदूरपश्चिमको खेलकुद बजेट नारामै सीमित
-
धरानमा प्रमुख–उपप्रमुख द्वन्द्व के हो ?
-
इजरायलमा रहेका नेपाली भन्छन् : अहिलेसम्मकै खतरनाक युद्ध भोग्यौँ
-
टी–ट्वान्टी अन्तर्राष्ट्रियमा १ सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बने करन केसी
-
प्रहरीले आचरण विपरीत सार्वजनिक गर्यो दिलभूषण पाठकको पक्राउ पुर्जीको सूचना