बिहेमा पटका पड्काउँदा आगलागी, एक जना घाइते
आइतबार, ०८ फागुन २०७८, २१ : ०३
कपिलवस्तुमा पटका पड्काउने क्रममा आगलागी हुँदा एक जना घाइते भएका छन् । शिवराज नगरपालिका १० सितलापुर बस्ने बगेदन कुर्मीको घरमा आएको विवाहको जन्तीले पटका पड्काउने क्रममा आगलागी हुँदा स्थानीय ३७ वर्षीय राजेश यादव घाइते भएका हुन् ।
घटनामा सोही ठाउँ बस्ने चन्द्रभान यादवको गोठसमेत जलेर क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले घाइते यादवलाई उपचारको लागि सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटा हुँदै थप उपचारको लागि भैरहवा रिफर गरिएको जनाएको छ । पटका पड्काउने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण