शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मन्त्री कार्कीद्वारा खानेपानी प्लान्ट उद्घाटन

आइतबार, ०८ फागुन २०७८, २१ : ०७
आइतबार, ०८ फागुन २०७८

अन्तर्राष्ट्रिय सहयोगी संस्था ‘हेल्पिङ ह्याण्ड फर रिलाइफ एण्ड डेभलपमेन्ट’ले मोरङको रतुवामाई नगरपालिका ९ स्थित जनता माध्यमिक विद्यालयमा निर्माण गरिएको शुद्ध खानेपानी परियोजना विद्यालयलाई हस्तान्तरण गरिएको छ । आइतबार एक कार्यक्रमका बीच प्रदेश नम्बर १ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले सो प्लान्टको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा रतुवामाई नगरपालिका मेयर रविन राईले प्लान्ट निर्माण गरेकोमा धन्यवाद व्यक्त गर्दै नगरका सार्वजनिक स्थानहरुमा यस्तै प्लान्ट स्थापना गर्ने योजना रहेको बताए । सो प्लान्ट अनुमानित ६ लाखको लागतमा तयार भएको सस्थाले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप