एमसीसीका विषयमा गठबन्धन दलले भद्दा नाटक गरे : महासचिव पोखरेल
आइतबार, ०८ फागुन २०७८, २१ : ४६
नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमसीसीका विषयमा सत्ता गठबन्धनका दलहरुले भद्दा नाटक गरिरहेको बताएका छन् । महासचिव पोखरेलले एमसीसीलाई संसदमा पेस गर्न दिएर त्यसको विरोध गरेको भन्दै माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका गठबन्धनका दलहरुले तयारीसहित भद्दा नाटक मञ्चन गरेको आरोप लगाएका हुन् । यद्यपि उनले कुनै दलको नाम भने उल्लेख गरेका छैनन् ।
‘विगतमा आफैँ रोक्न लगाउने, आफैँले सहमति गरेर पेस गर्न दिने र आफैँ विरोधमा वक्तव्य दिने कुरा तयारीसहित मञ्चन गरिएको भद्दा नाटक न हो’ पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन् । यसअघि माओवादी केन्द्र र नेकपा एसले एमसीसी कुनै हालतमा टेबल गर्न नदिने भन्दै रोकेका थिए भने आज सहमति गरेर पेस गर्न दिइएपछि एमाले महासचिव पोखरेलको यस्तो भनाइ सार्वजनिक भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण