धनकुटाको महालक्ष्मी नगरलाई ५० करोड बजेट
धनकुटाको महालक्ष्मी नगरपालिकाको शहरी पूर्वाधार विकासका लागि शहरी विकास मन्त्रालयले ५० करोड बजेट उपलब्ध गराउने भएको छ । लामो समयको पहलपछि महालक्ष्मीको शहरी पूर्वाधार विकासका लागि शहरी विकास मन्त्रालयबाट ५० करोड बजेट प्राप्त भएको मेयर पर्शुराम नेपालले बताए ।
बजेट उपलब्ध गराएर सहयोग गरेको भन्दै मेयर नेपालले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई धन्यवाद ज्ञापन गरेका छन् । गुल्मी माइती भएकी मन्त्री झाँक्री महालक्ष्मीकी बुहारी पनि हुन् । उनी लेगुवाका पशुपति पुरीसँग विवाह बन्धनमा बाँधिएकी छन् ।
शहरी विकास मन्त्रालयले बजेट उपलब्ध गराउने पत्र पठाएपछि धनकुटास्थित सघन शहरी तथा भवन निर्माण आयोजनाले बजेट खर्चका लागि प्रारम्भिक चरणको तयारी थालेको छ । महालक्ष्मी नगरपालिकाका मेयरसहित प्रतिनिधिहरूसँग केही दिनभित्रै छलफल कार्यक्रम राखेर योजना निर्माण गरिने आयोजना प्रमुख रञ्जनकुमार दासले बताए । ‘माथिबाट हामीलाई एक हप्ता अघि नै पत्र आएको छ, अब महालक्ष्मी नगरपालिकासँग छलफल गरेर प्रारम्भिक चरणको काम थाल्छौ,’ आयोजना प्रमुख दासले भने । यो बजेट मुख्य गरी सडक निर्माण तथा स्तरोन्नति, भवन निर्माण, हाट बजारको संरचना निर्माण जस्ता काममा खर्च गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण