एम्बुलेन्सको ठक्करबाट मृत्यु
सोमबार, ०९ फागुन २०७८, ०८ : २६
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ मा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–५ का ३० वर्षीया निर्मला उराँव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ झ ००२८ नम्बर भएको एम्बुलेन्सले उराँव सवार भएको प्रदेश ०१–०२–०४१ प २१५५ नम्वरको स्कुटीलाई आइतबार साँझ ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएकी उराँवको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी भोक्राहा नरसिंह गाउँपालिकाको भोक्राहा नरसिंह स्वास्थ्यचौकीमा कार्यालय सहयोगीको रुपमा कार्यरत रहेकी थिइन । एम्बुलेन्स चालक सप्तरी विषनपुर ५ का २७ वर्षीय सुनिलकुमार मेहतालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण