छथर कांग्रेसले थाल्यो जागरण अभियान
सोमबार, ०९ फागुन २०७८, ०९ : ०३
छथर गाउँपालिका नेपाली कांग्रेस कार्यसमितिले जागरण अभियान सुरु गरेको छ । आइतबारबाट गाउँपालिकाको वडा नं ६ सुदापदेखी अभियान सुरु गरेको गाउँपालिका कार्यसमितिका सभापति रामचन्द्र भट्टराईले बताए ।
गाउँपालिकाको सबै वडामा अभियान सञ्चालन गर्ने तयारी भएको नेपाली कांग्रेस छथरले जनाएको छ । अभियानमा स्थानीय सरकारले गरेका गतिविधि नागरिकसम्म पुर्याउने, स्थानीय सरकारले गरेको अन्याय,अत्याचार, भ्रष्टाचारबारे नागरिकलाई जानकारी गराउने, पार्टीका नेता तथा कार्यकर्ताबीच भेटघाट छलफल, पार्टीको अवधारणा नागरिकसमक्ष प्रस्तुत गर्नेलगायतका कार्यक्रम रहेको सभापति भट्टराईले जानकारी दिए । अभियान आगामी १३ फागुनमा सम्पन्न हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण