‘जाऔं है पोखरा’ अभियान बुटवलमा
पोखराको पर्यटन प्रवद्र्धन गर्नका लागि ‘जाऔं है पोखरा अभियान’ टोली बुटवल आइपुगेको छ । पश्चिमाञ्चल होटल संघ पोखराले आयोजना जारी ‘जाऔं है पोखरा’ अभियान बुटवल आइपुगेको हो । रुपन्देहीबाट शुरु भएको अभियान हेटौंडा, वीरगञ्ज, चितवन लगायतका शहरमा फागुन ८ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने संयोजक विकल तुलाचनले बताए । अभियान टोलीले आज बुटवलमा सरोकारवालासँग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा कोभिड १९ को संक्रमणका कारण जटिल समस्यामा परेको पर्यटन क्षेत्र उकास्न नयाँ नयाँ गन्तव्यहरुको खोजी भएको र त्यसबारे समेत जानकारी दिन यो अभियान सञ्चालन गर्नुपरेको अभियानमा सहभागीहरुले जानकारी दिएका छन् ।
पोखरामा बन्जी, प्याराग्लाइडिङ, हाईकिङ, साइक्लिङ, केबलकार लगायत साहसिक खेलहरूको कारण पनि पोखरा पर्यटकको आकर्षक बन्न सफल भएको र आफुहरुले यो अभियान चलाएको उनीहरुले बताए । कार्यक्रममा लुम्बिनी प्रदेशका पर्यटन सचिव महेश न्यौपानेले ‘सेभ द कल्चर, सेल द कल्चर’ लाई प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढेको भन्दै कल्चरल भिलेज अवधारणा ल्याउँदा सफलता मिल्ने बताए ।
पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले नेचर, कल्चर र एडभन्चरका बारेमा जानकारी दिने काम २ दशकदेखि गर्दै आएको भन्दै प्रविधिमैत्री पर्यटन विकासमा अघि बढनुपर्नेमा जोड दिए । उनले यो अभियानसँगै होटल तथा अन्य क्षेत्रमा अहिले ३० प्रतिशतबाट ५० प्रतिशत पुगेको बताए । नेपाल होटल ब्यवसायी महासंघका संस्थापक अध्यक्ष माधव नेपालले पोखराका व्यवसायीहरूबाट चलाइएको अभियान निक्कै उदाहरणीय भएको भन्दै देशका अन्य संघ संस्थाहरुले पनि यस्तै अभियान अघि बढाउनुपर्ने सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण