शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मोबाइल चार्ज गर्ने तारले घाँटी कसेर साथीको हत्या !

सोमबार, ०९ फागुन २०७८, १९ : २७
सोमबार, ०९ फागुन २०७८

लेनदेनमा कुरा नमिलेपछि भएको विवादका क्रममा उदयपुरका कमल विकले एक जना भारतीय नागरिकको हत्या गरेका छन् । मोरङ प्रहरीका अनुसार कलमले भारतीय नागरिक ५० वर्षीय राम किसनको मोबाइलको चार्जरको घाँटी कसेर हत्या गरेका हुन् । कलमलाई प्रहरीले पक्राउ गरेको छ । 

उदयपुर घर भएका २८ वर्षीय कमल मोरङको पथरीमा बस्दै आएका थिए । उनलाई धेरैले कमल थापा भनेर चिन्ने गरेको प्रहरीको भनाइ छ । हत्या गरिएको राम किसन पुलमा प्रयोग हुने उपकरण ‘पायलिङ्ग मेसिन’का  ठेकेदार हुन् । लेनदेनमा हिसाब नमिलेपछि उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रमुख जनार्दन जिसीले जानकारी दिए । 

मृतक रामले मोरङ कानेपोखरी–६ स्थित डाँसखोलाको पुलको काम गर्दै आएका थिए । ठेक्का लगाएर काम गरेबापत आएको रकम हिसाब नमिलेपछि हत्या भएको प्रहरीको दाबी छ । पक्राउ परेका कमलले सँगै काम गर्ने साथी भारतीय नागरिकलाई २६ माघमा राति हत्या  खुलेको छ । हत्या गरेको १३ दिनपछि कमल पक्राउ परेका हुन् ।

कामको शिलशिलामा वीरगन्ज गएका राम र कमलबीच २५ माघमा पथरी आउने क्रममा बाटोमै विवाद भएको थियो । गाडीका चालक राम किसन थिए । पहिलेदेखिको काम गरेबापत आएको रकम हिसाव विवाद निस्केपछि गाडीभित्रै उनीहरुको झगडा परेको थियो । त्यही क्रममा कमलले गाडी भित्र रहेको मोवाइल चार्ज गर्ने तारले राम किसनको घाँटी बाँधेर हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ । 
हत्यापछि कमलले राम किसनको शव कारको डिक्कीमा राखेर आफैं गाडी चलाएर उदयपुरको जंगलतिर लागेका थिए । हत्या गरेको घटनास्थलदेखि करिब २५ किलोमिटर टाढा उदयपुरको कटहरी नगरपालिका ८ पटना भन्ज्याङ्गस्थित सिद्धिचरण राजमार्गबाट करिब २० मिटर तल शव फालेर कमल हिँडेका थिए । 
मृतकका आफन्तले इलाका प्रहरी कार्यालय पथरीमा खोजीका लागि दिएको उजुरीका आधारमा अनुसन्धान गर्दैगर्दा हत्या गरेको १२ दिनपछि फागुन ७ गते राम  किसनको शव भेटिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप