म्यानपावरबाट ठगिने कामलाई रोक्नुपर्छ : मन्त्री मगर
लुम्बिनी प्रदेश सरकारका श्रम तथा यातायात व्यवस्था मन्त्री पुमर्ती ढेंगामगरले सरकारले म्यान पावर व्यावसायीबाट ठगिने काम रोक्न उपयुक्त कदम चाल्ने बताएकी छन् । बुटवलमा सुरक्षित आप्रवासनको लागि राष्ट्रिय सञ्जालले गरेको पुन एकीकरण कार्यक्रममा बोल्दै मन्त्री मगरले सो कुरा बताएकी हुन् ।
विदेश जानेहरू खासगरी मेनपावर व्यावसायीबाट धेरै पीडित भएको भन्दै श्रमिकहरु ठगिने काम रोक्नका लागि सरकारले पहल गरिरहेको उनले बताइन् । विदेशमा धेरै श्रम गरे पनि कम तलब पाएको गुनासो सुनिएको भन्दै मन्त्री मगरले सरकारले योग्यता अनुसारको तालिम दिएर स्वदेशमा रोजगारी दिने वातावरण बनाउने बताइन् ।
मन्त्रालयका सचिव दीपकराज ढकालले प्रदेशका सबै जिल्लाहरुमा स्वरोजगार सिर्जना गर्नका लागि स्थानीय स्तरबाट कार्यक्रमको माग गर्ने नीति लिइएको बताए । कार्यक्रममा बोल्दै सांसद कृष्णप्रसाद न्यौपाने, रमा अर्याल, दीपा विक, वरिष्ठ श्रम अधिकृत गिरिराज ज्ञवाली लगायतले विदेश जानेहरूलाई सीपमूलक तालिम प्रदान गर्ने र फर्केर आएकाहरुलाई नेपाल बस्ने गरी लगानी गर्ने वातावरण तयार पर्ने दायित्व राज्यको रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण