प्रदेश १ को नाम पहिचानसहितको हुनुपर्ने जसपाको जोड
जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्न माग गरेको छ । जसपा प्रदेश १ समितिका अध्यक्ष प्रवीण चाम्लिङले विज्ञप्ति प्रकाशित गर्दै नामकरण पहिचानको आधारमा हुनुपर्नेमा जोड दिएका हुन् । उनले आज बस्ने सर्वदलीय बैठकमा आफ्नो तर्फबाट ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ को प्रस्ताव राख्ने बताएका छन् ।
‘प्रदेश १ को नामकरण पहिचानको आधारमा नै हुनु पर्दछ भन्नेमा जनता समाजवादी पार्टी, नेपाल प्रदेश समिति प्रदेश नम्बर १ सदा स्पष्ट र प्रतिवद्ध छ । मिति २०७७ असोज २३–२४ गते दमकमा सम्पन्न प्रदेश पदाधिकारी बैठकले यस प्रदेशको नामकरण ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ प्रस्ताव गर्ने निर्णय गरेको स्मरण गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘अतः मौलिक सभ्यता, ऐतिहासिक राजनीतिक पृष्ठभूमि, पहिचानको मागलाई सम्बोधन गर्दै प्रदेश नम्बर १ लाई ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ नामकरण गर्नु पर्दछ भन्ने जसपाको प्रस्तावलाई समर्थन गरिदिन हार्दिक अपील गर्दछौं ।’
विज्ञप्तिमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवादमा विश्वास राख्ने जसपा नेपाल (जसपा) १०+१ पूर्ण सङ्घीय प्रदेशहरू निर्माण हुनु पर्दछ भन्ने मत राख्ने पनि उल्लेख गरेको छ । प्रदेश सरकारले प्रदेशको नामकरणबारे वहस र छलफल हुन थाल्नु स्वागतयोग्य भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण