प्रदेश १ नामकरण बहस : सर्वदलीय बैठकमा ठूला पार्टीको ठोस प्रस्ताव नजाने
प्रदेश १ को नामकरणका लागि सरकारले आजदेखि औपचारिक छलफल सुरु गर्दैछ । तर, प्रमुख दलहरुले आजको बैठकमा कुनै ठोस प्रस्ताव नलैजाने भएका छन् । जनता समाजवादी पार्टी र संघीय लिम्बूवान मञ्चले आफ्नो प्रस्ताव ठोस गरेको भए पनि ठूला दलहरु नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीले पार्टीभित्र औपचारिक छलफल नै सुरु गरेका छैनन् ।
नेकपा माओवादी प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले आजको बैठकमा सरकारको तर्फबाट कस्तो प्रस्ताव आउँछ त्यही आधारमा पार्टीमा छलफल सुरु गरिने बताए । ‘पहिले त सरकारले प्रस्ताव ल्याएपछि हामीले त्यसबारे धारणा बनाउने हो,’ मिक्सोले भने, ‘हाम्रो पार्टीको स्पष्ट अडान भनेको पहिचानको आधारमा नामकरण हुनुपर्छ भन्ने हो ।’
यता, नेकपा एकीकृत समाजवादीका नेता तथा प्रदेश सरकारका यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले आजको बैठकमा पार्टीको तर्फबाट कुनै प्रस्ताव नजाने बताए । ‘आजको बैठकमा छलफलको प्रारम्भ हुन्छ, हाम्रोतर्फबाट पार्टीमा छलफल गरेर मात्रै ठोस धारणा आउँछ,’ उनले भने ।
नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले आफ्नो दलको तर्फबाट पनि प्रस्ताव नजाने बताए । ‘सरकारले कस्तो प्रस्ताव ल्याउँछ त्यही अनुसार हामीले पार्टीभित्रमा छलफल गरेर धारणा सार्वजनिक गर्नेछौं,’ उनले भने ।
नेपाली काँग्रेस प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालाले नामकरणबारे छलफल सुरु मात्रै भएकाले अहिले नै ठोस प्रस्ताव नजाने बताए । ‘आज त छलफल सुरु भएको छ, अहिले नै कुनै प्रस्ताव जाँदैन,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण