धरानको जंगलमा युवाको हत्या : शंकास्पद तीन जना पक्राउ
मङ्गलबार, १० फागुन २०७८, १२ : ३६
झापाको दमक नगरपालिका–५ का दिनेश सिग्देलको हत्या आरोपमा शंकास्पद तीन जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । सुनसरीको धरान–४ स्थित जंगलमा सिग्देलको शव फेला परेको थियो ।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी नरेन्द्र कुँवरका अनुसार शंकास्पद तीन जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको छ । उनले पक्राउ परेका व्यक्तिको परिचय भने खुलाएनन् ।
अहिले अनुसन्धानकै क्रममा रहेकाले थप विवरण सार्वजनिक गर्न नमिल्ने उनको भनाइ छ । प्रारम्भिक अनुसन्धानका आधारमा शंकास्पद उनीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ थालिएको प्रहरीको भनाइ छ ।
मृतक सिग्देल हालै वैदेशिक रोजगारीबाट फर्केको बताइएको छ ।
गत बुधबार बोरामा मान्छेको टाउको तथा दाहिने खुट्टा एउटामा र त्यसको भोलिपल्ट बिहान घटनास्थलबाट उत्तर धरधरे भन्ने स्थानमा अर्को बोरामा बाँकी शरीर भेटिएको थियो ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण