‘हनी बनी’ मा सारासँग अनमोलको रोमान्स
मङ्गलबार, १० फागुन २०७८, १२ : ५६
अभिनेत्री सारा सिर्पालीले अभिनेता अनमोल केसीसँग रोमान्स गर्ने भएकी छन् । फिल्म ‘हनी बनी’मा यी दुई कलाकारले रोमान्स गर्नेछन् । फिल्म अभिनयका लागि निर्देशक दीवाकर भट्टराईले सारासँग लिखित सम्झौता सोमबार गरे । फिल्मको चरित्रमा फिट हुने भएकै कारण सारालाई फिल्ममा भित्र्याएको भट्टराईले बताए ।
फिल्मका लागि यस अगाडि अभिनेता अनमोल केसी र सलोन बस्नेत छानिएका थिए । निर्माण युनिटले अहिले फिल्मको मुख्य अभिनेत्रीको रुपमा सारालाई अनुबन्धित गरेको हो ।
चैतबाट छायांकन सुरु हुने फिल्म पुरुषोत्तम प्रधानले खिच्नेछन् । ७ करोड लागत अनुमान गरिएको फिल्ममा युकेमा छायांकन हुनेछ । फिल्ममा अमित बस्नेत, अजितकुमार थापा र परी राना निर्माता र अंकित गौतम कार्यकारी निर्मातामा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
-
सुदूरपश्चिममा पाँचौँ मुख्यमन्त्री बन्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण