ब्याजदर वृद्धिको माग राख्दै सहकारीकर्मीद्वारा विभाग घेराउ
सहकारीको सन्दर्भ ब्याजदर वृद्धिको माग राख्दै अभियन्ता, सहकारीकर्मीहरुले सहकारी विभाग घेराउ गरेका छन् । पटक पटक सन्दर्भ ब्याजदर वृद्धि गर्न माग गरे पनि नियामक विभागले कुनै सुनुवाइ नगरेको भन्दै अभियन्ताहरू मंगलबार विभाग घेराउ गर्न पुगेका हुन् ।
सहकारीको सन्दर्भ ब्याजदर न्यूनतम १६.२२ प्रतिशत पुर्याउन अभियन्ताहरूले माग गरेका छन् । तर, यता नियामक सहकारी विभाग भने उक्त ब्याजदर वृद्धिको माग सम्बोधन गर्ने पक्षमा देखिएको छैन । त्यसो त आजै विभागले ब्याजदर वृद्धिको मुद्दामा सहकारी अभियन्ताहरूसँग छलफल गर्दैछ । हाल सहकारीमा १४.२२ प्रतिशत सन्दर्भ ब्याजदर कार्यान्वयनमा छ ।
थप सहकारी अभियन्ताहरूले अब सन्दर्भ ब्याजदर नभई आधार दर (कर्जा र निक्षेपको ब्याजदर अन्तर) तोक्ने व्यवस्था गर्न माग गरेका छन् । यसले हाल देखिएको ब्याजदर निर्धारणको समस्याको दीर्घ समाधान हुने अभियन्ताहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एलिना र हिमाल सागरको गीत ‘ताकधिन् ताकधिन्’ सार्वजनिक
-
घानालाई १–० ले हराउँदै कोलम्बिया अन्तिम १६ मा प्रवेश
-
बालेन सरकारले १०० दिने उपलब्धि सार्वजनिक गर्दै
-
कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजीको लागि कुरिनटारबाट सोनार क्यामरा र म्याग्नेटसहितको टोली पठाइयो
-
गर्मीयाममा नाकबाट रगत किन बग्छ ?
-
अछाममा चट्याङ लागेर चार जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
