र्यापर आशिष राना ‘लाउरे’ धरौटीमा रिहा
र्‍यापर आशिष राना ‘लाउरे’ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कास्कीले उनलाई ५० हजार धरौटीमा छाड्ने आदेश गरेको कास्कीका एसपी रमेश थापाले रातोपाटीलाई जानकारी दिए ।
लाउरे लागूऔषधसम्बन्धी मुद्दामा गत १४ पुसमा पक्राउ परेका थिए । उनीसँगै पक्राउ परेका नबिन कुमार गुरुङ, ध्रुवबहादुर थापा र सुस्मिता गुरुङलाई न्यायधीस बाबुराम सुवेदीको इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।
लागूऔषध खैरो हेरोइन कारोबार गरेको अभियोगमा प्रहरीले लाउरेसहित ४ जनालाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरेको थियो । लाउरेले पछिल्लो समय रियालिटी सो हिमालयन रोडिजको निर्णायकमा रहेका थिए । त्यही रियालिटी सोका क्रममा नेपालका पूर्वी सहरहरुमा पुगेर उनी पोखरा फर्किएका थिए । अन्य तीन जनालाई भने ‘तान्डव’ नामक फिल्म समेत अभिनय गरेका लाहुरेको मेरो सोल्टा, हाउडे, केस नं ४२० लगायत गीत चर्चित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
-
सुदूरपश्चिममा पाँचौँ मुख्यमन्त्री बन्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण