कुटपिटबाट एक जनाको मृत्यु, अभियुक्त पक्राउ
मङ्गलबार, १० फागुन २०७८, १९ : ३२
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । नगरपालिकाको वार्ड ३ खगेन्द्रपुरस्थित छोरीको घरमा बस्दै आएका गुल्मी दरबार देविस्थान गाउँपालिका–६ चारपाला घर भएका ७० वर्षीय उदयबहादुर टण्डनको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको हो ।
शिवराज नगरपालिका–३ बस्ने २२ वर्षीय तिलक भण्डाराले घर अगाडि खटिया मा सुतेको अवस्थामा फागुन २ गते दाउराले कन्चटमा प्रहार गर्दा घाइते भएका टण्डनको स्थानीय अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको थियो । वडा प्रहरी कार्यालय चन्द्रौटाले तिलकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण