संसदीय सुनुवाइलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री बडू
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले संवैधानिक निकायमा नियुक्त हुने प्रमुख एवं पदाधिकारीहरूको संसदीय सुनुवाइ अनिवार्य भएको बताए । बुधबार नेपाल कानुन आयोगले गरेको कार्यक्रममा बोल्दै मन्त्री बडूले संविधानले संसदीय सुनुवाइलाई ऐच्छिक नगरेको बताएका हुन् ।
उनले प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषदका सदस्य, संवैधानिक निकायका प्रमुख, पदाधिकारी र राजदूत पदका लागि प्रस्तावित व्यक्तिको सुनुवाइको व्यवस्था भएकोले त्यसअनुसार संघीय कानुन बनाएर संसदीय सुनुवाइमा समितिले भूमिका निर्वाह गर्नुपर्ने बताए । सिफारिस भएको ४५ दिनभित्र सुनुवाई नभए स्वतः नियुक्त हुने व्यवस्था संविधान विपरीत भएको भन्दै मन्त्री बडूले नियुक्ति पूर्व अनिवार्य सुनुवाइका लागि कानुनी व्यवस्था गर्नुपर्ने बताए ।
यस्तै कार्यक्रममा संघीय संसद सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले सिफारिस गरिएको ४५ दिनपछि स्वतः नियुक्ति हुने कार्यलाई रोक्न र नियुक्ति समावेशी बनाउन ऐनले प्रष्ट व्यवस्था गर्नुपर्ने बताए । कार्यक्रममा संविधानविद् डा. विपिन अधिकारी, टीकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली, माधव कुमार बस्नेत, अम्बर प्रसाद पन्त लगायतले संसद विघटन, चुनाव र लामो समयसम्म जनप्रतिनिधि नभएको अवस्थामा संसदीय सुनुवाई कसरी गर्ने भन्ने विषय ऐनमा व्यवस्था हुनुपर्ने सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण