एमसीसीमा सत्तारुढ दलको दोहोरो चरित्र : पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमसीसीमा सत्तारुढ दलले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । सरकारमा बसेर दुईथरी दृष्टिकोण बनाउन नमिल्ने उनको भनाइ छ । एमालेको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई बुधबार बुटवलमा सम्बोधन गर्दै महासचिव पोखरेलले एमसीसी संसदमा टेबुल गर्ने भनेर भित्र सहमति गर्ने तर, सडकमा गाईजात्रा देखाएर माओवादी केन्द्र र एकीकृत समाजवादीले दोहोरो चरित्र प्रदर्शन गरेको बताए ।
‘सरकारको दृष्टिकोण एउटै हुनुपर्छ, एउटै दृष्टिकोण नहुने हो भने सरकारमा बस्ने नैतिकता रहँदैन’ उनले भने । महासचिव पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र कृष्णबहादुर महरा अर्थमन्त्री भएका बेला एमसीसीका अहिलेका प्रावधानमा सम्झौता गरिएको र देउवा नेतृत्वको माओवादी सम्मिलित सरकारले सम्झौतामा हस्ताक्षर गरेको उनको भनाइ छ । आफैँले गरेको सम्झौतालाई लिएर जनतामा भ्रम सिर्जन गर्ने र सडकमा गाईजात्रा देखाउने काम भएको पोखरेलले बताए ।
संसद नचलेसम्म एमाले संसदमा हुने कुनै पनि काम कारवाहीमा सहभागी नहुने भन्दै उनले संसदमा छलफल गर्ने वातावरण तयार भएपछि एमालेले एमसीसीप्रतिको आफ्नो धारणा राख्ने बताए । ‘हाम्रा मुद्दा सम्बोधन भएपछि संसदका हरेक विषयमा दृष्टिकोण दिन्छौं’ पोखरेलले भने ।
एमाले कारवाही गरेका १४ जना गैरसांसदलाई राखेर संसद चल्न नसक्ने पनि उनले बताए । उनले सभामुखले गल्ती नसच्याएसम्म सदनको कारवाही अगाडि बढ्न नसक्ने बताए । एमाले अब निर्वाचनतर्फ केन्द्रित भएको भन्दै जनताको विश्वास जित्ने बलियो शक्तिको रुपमा एमाले स्थापित भएको उनले दावी गरे ।
दुई दिनसम्म चल्ने प्रशिक्षणमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट कार्यकर्ता सहभागी छन् । सहभागीलाई विभिन्न विषयमा केन्द्रित रहेर समूहगत छलफल गराइने एमाले लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण