एमाले व्ल्याङ्क चेक दिँदैन, ब्ल्याक एण्ड ह्वाइटमा संवाद गरौ : योगेश भट्टराई

नेकपा एमालेका नेता योगेश भट्टराईले एमालेले कुनै सहमतिमा नाममा व्ल्याङ्क चेक नदिने बताएका छन् । बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सत्तापक्ष र प्रतिपक्षबीच भइरहेको संवादले निकास दिन्छ दिँदैन भन्ने अझै अनिश्चितकै अवस्था रहेको भन्दै एमालेले व्ल्याङक चेक नलिने बताएका हुन् ।
‘हामीले उठाएका कुराहरुलाई कुनै सम्बोधन नगरी व्लयाङक चेक दिनुस् भनिरहनुभएको छ शेरबहादुरजीले । कुरा के हो प्रस्टाप्रस्टी हुनुपर्यो’, एमाले सचिव समेत रहेका भट्टराईको भनाइ छ । उनले अहिले गुटका संकट पार्टीमा, पार्टीका संकट गठबन्धनमा र गठबन्धनका संकट राष्ट्रिय संकट बनाएर भूराजनीतिको चलखेल गर्ने अखडाका रुपमा नेपाललाई बनाइएको बताए ।
‘यो अहिलेको गठबन्धनको सर्वथा असफलता हो । यसले मुलुकलाई अन्तराष्ट्रिय रुपमा बेइज्जत गरेको छ । यसको जवाफदेहीता गठबन्धन र प्रधानमन्त्रीले लिनुपर्छ’, उनले भने, ‘एमालेसँग संवाद गर्ने भए ‘ब्ल्याक एण्ड ह्वाइट’मा गरौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेशम चौधरीलाई किन पक्राउ गरियो ? गृहमन्त्रीले दिए जवाफ
-
विचौलिया प्रवृत्ति अन्त्य नभए अर्थतन्त्र थप संकटमा पर्छः वर्षमान
-
ग्रिन लाइनका सञ्चालक अमित अग्रवालले कसलाई तिर्नुपर्ने थियो डेढ करोड ?
-
उमागौरी सहकारी ठगी प्रकरण : ऋषिकेश पत्नी जोडिएको मुद्दाको पेशी स्थगित
-
कुष्ठरोगको उपचारका लागि आवश्यक जनशक्ति छैन : निर्देशक झा
-
न्युजिल्यान्डमा अझै पनि मानिसभन्दा भेडा बढी