एमाले व्ल्याङ्क चेक दिँदैन, ब्ल्याक एण्ड ह्वाइटमा संवाद गरौ : योगेश भट्टराई
नेकपा एमालेका नेता योगेश भट्टराईले एमालेले कुनै सहमतिमा नाममा व्ल्याङ्क चेक नदिने बताएका छन् । बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सत्तापक्ष र प्रतिपक्षबीच भइरहेको संवादले निकास दिन्छ दिँदैन भन्ने अझै अनिश्चितकै अवस्था रहेको भन्दै एमालेले व्ल्याङक चेक नलिने बताएका हुन् ।
‘हामीले उठाएका कुराहरुलाई कुनै सम्बोधन नगरी व्लयाङक चेक दिनुस् भनिरहनुभएको छ शेरबहादुरजीले । कुरा के हो प्रस्टाप्रस्टी हुनुपर्यो’, एमाले सचिव समेत रहेका भट्टराईको भनाइ छ । उनले अहिले गुटका संकट पार्टीमा, पार्टीका संकट गठबन्धनमा र गठबन्धनका संकट राष्ट्रिय संकट बनाएर भूराजनीतिको चलखेल गर्ने अखडाका रुपमा नेपाललाई बनाइएको बताए ।
‘यो अहिलेको गठबन्धनको सर्वथा असफलता हो । यसले मुलुकलाई अन्तराष्ट्रिय रुपमा बेइज्जत गरेको छ । यसको जवाफदेहीता गठबन्धन र प्रधानमन्त्रीले लिनुपर्छ’, उनले भने, ‘एमालेसँग संवाद गर्ने भए ‘ब्ल्याक एण्ड ह्वाइट’मा गरौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण