एमसीसीको साइड इफेक्ट सेयर बजारमा, नेप्सेमा ५९ अंकको पहिरो
अमेरिकी आर्थिक सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को साइड इफेक्ट बिहीबारको सेयर बजारमा पनिदेखिएको छ । गत फागुन ८ गते संघीय संसदमा एमसीसी टेबल भएसँगै तरंगित बजारमा १२ गते बिहीबार बस्ने संघीय संसदमा सोही मुद्दामा केन्द्रीत हुने भनिए पनि थप सशंकित बन्न पुगेको हो ।
तथापि, आजको बैठकले एमसीसीको मुद्दामा कुनै निर्णय गर्न सकेन । तर, यसैको प्रभाव आज सेयर बजार परिसूचक (नेप्से) मा झण्डै ५९ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ५९.९९ अंकले घट्दै २६ सय ६१.४४ विन्दुमा झर्न पुगेको छ ।
यस्तै आज यता ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत १०.३६ अंकले घट्दै ५०७.५८ विन्दुमा झरेको छ । त्यसो त साताको अन्तिम कारोबार दिन समेत रहेको आज सबै उपसूचक ऋणात्मक भएर बजार नै राताम्मे भएको छ । झण्डै ६० अंकले घटेको बजारमा आज ४ अर्ब २९ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण