लुम्बिनी प्रदेश प्रमुख र बागमती प्रदेश प्रमुखबीच भेटवार्ता
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र बाग्मती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मा बीच भेटघाट भएको छ। सातै प्रदेश भ्रमण गर्ने क्रममा बाग्मती प्रदेश प्रमुखको कार्यक्रमअनुसार आज लुम्बिनी प्रमुखसँग भेटघाट गर्दै दुई प्रदेशबीच थप सम्बन्ध प्रगाढ बनाउँदै सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिइएको थियो ।
प्रदेश प्रदेशबीच भएका राम्रा कामहरूको अनुसरण गर्ने कार्यलाई चुस्त दुरुस्त बनाउनेदेखि प्रदेश कार्यालयमा भए गरेका काम र अनुभवहरू साटासाट गर्ने सातै प्रदेशको प्रदेश प्रमुख कार्यालयको काम कारबाहीमा एकरूपता ल्याउने जस्ता विषयमा छलफल भएको लुम्बिनी प्रदेश प्रमुखको सचिवालयले जनाएको छ।
यस्तै बाग्मती प्रदेश प्रमुख यादव चन्द्र शर्माले लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई चैत्रको पहिलो हप्ता बाग्मती प्रदेशमा सातै प्रदेश प्रमुखहरूको बैठक बस्ने गरी बाग्मती प्रदेशमा निमन्त्रणा समेत गरेका थिए । सो अवसरमा लुम्बिनी प्रदेशका कार्यालय सचिव चिरञ्जीवी पौडेल लुम्बिनी प्रदेशका कार्यालय सचिव शिवराम न्यौपाने लुम्बिनी प्रदेशका सचिवालयका सह स्वकीय सचिव नारायण आचार्य स्वकीय सचिव वीरबहादुर बिक स्वकीय सचिव भिसन लामिछाने प्रेस संयोजक गुनाराम घिमिरे र सचिवालयका मिराज खानलगायतको उपस्थिति रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण