बहुजन पार्टीको अध्यक्षमा पासवान निर्विरोध निर्वाचित
शुक्रबार, १३ फागुन २०७८, १० : १३
बहुजन शक्ति पार्टी नेपालको छैठौं राष्ट्रिय महाधिवेशनबाट विश्वेन्द्र पासवान अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । तीन दिनसम्म चलेको अधिवेशनपछि आज भएको निर्वाचन कार्यक्रमअनुसार पासवान निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
नेतृत्वका लागि लामो छलफलपछि अधिवेशनले २५१ सदस्य केन्द्र समिती घोषणा गरेको सो पार्टीको भनाइ छ । जसको उपाध्यक्षमा राम सुभग हरिजन, संजय कुशवाहा, महासचिवमा नवल बहादुर भुल र कोषाध्यक्षमा टुक लाल नेपाली चयन भएका छन् ।
लुम्बिनी प्रदेशको कपिलवस्तुस्थित बहादुरगन्जमा आयोजित उद्घाटन सत्रपछि भैरहवामा पार्टीको बन्दसत्र चलेका थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण