किसानलाई कृषि सामग्रीसँगै तालिम पनि
मेलम्ची नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि सामग्रीसँगै तालिम पनि दिएपछि किसानलाई काम गर्न सहज भएको छ । नगरपालिकाले अनुदानमा वडा नं ७ र ८ का किसानका लागि कृषि औजार वितरण गरेको हो । वडा नं ७ स्थित दुवाचौर सामुदायिक कृषि सहकारी संस्थामार्फत १६ थान ९ एच। पी प्रट्रोल मिनिटिलिर तथा मकै रोप्ने उपकरण र वडा नं ८ स्थिति विष्णुलक्ष्मी साना किसान कृषि सहकारीमार्फत ७ एच.पी प्रट्रोल मिनिटिलिर तथा २१ थान कृषि सामग्री वितरण गरिएको नगरपालिकाका कृषि विकास शाखाप्रमुख अमरनाथ आचार्यले जानकारी दिए ।
ती सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख डम्बर अर्यालले उन्नत बाली लगाउन आग्रह गरे । उनले कृषिमा आधुनिकीकरण गर्न र व्यवस्थित बनाउनका लागि विभिन्न कृषि औजारहरु वितरण गरिएको जानकारी गराउँदै कृषकका समस्या समाधान गर्न नगरपालिका तयार रहेको बताए ।
कृषि औजार बिग्रने र बनाउन समस्या भएपछि किसानहरुको समस्यालाई दृष्टिगत गर्दै नगरपालिकाले मिनिटिलर मर्मतसम्बन्धी तालिमसमेत सञ्चालन गरेको शाखाप्रमुख आचार्यले बताए । नगरपालिकाले यसअघि पनि विभिन्न बीउ बिजन र कृषि सामग्री किसानहरुलाई वितरण गर्दै आएको थियो । ९ एच. पी प्रट्रोल मिनिटिलिरप्रति थान रु ६० हजारका दरले रु नौ लाख ६० हजार र ७ एच।पी प्रति थान रु ५० हजारका दरले रु १० लाख ५० हजारसहित रु २० लाख १० हजार बराबरको सामग्री वितरण गरिएको कृषि शाखाका प्राविधिक रामगोपाल श्रेष्ठले जानकारी दिनुभयो । कृषि सामग्रीसँगै तालिम पाउँदा सामान मर्मत तथा खेती गर्न सजिलो भएको र उत्पादनमा समेत वृद्वि हुने मेलम्ची–८ का किसान सम्झना गिरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण