मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

किसानलाई कृषि सामग्रीसँगै तालिम पनि

शुक्रबार, १३ फागुन २०७८, १३ : १३
शुक्रबार, १३ फागुन २०७८

मेलम्ची नगरपालिकाले  ५० प्रतिशत अनुदानमा कृषि सामग्रीसँगै तालिम पनि दिएपछि किसानलाई काम गर्न सहज भएको छ । नगरपालिकाले अनुदानमा वडा नं ७ र ८ का किसानका लागि कृषि औजार वितरण गरेको हो । वडा नं ७ स्थित दुवाचौर सामुदायिक कृषि सहकारी संस्थामार्फत १६ थान ९ एच। पी प्रट्रोल मिनिटिलिर तथा  मकै रोप्ने उपकरण  र वडा नं ८ स्थिति विष्णुलक्ष्मी साना किसान कृषि सहकारीमार्फत ७ एच.पी प्रट्रोल मिनिटिलिर तथा २१ थान कृषि सामग्री वितरण गरिएको नगरपालिकाका  कृषि विकास शाखाप्रमुख अमरनाथ आचार्यले जानकारी दिए । 

ती सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख डम्बर अर्यालले उन्नत बाली लगाउन आग्रह गरे । उनले कृषिमा आधुनिकीकरण गर्न र व्यवस्थित बनाउनका लागि विभिन्न कृषि औजारहरु वितरण गरिएको जानकारी गराउँदै कृषकका समस्या समाधान गर्न नगरपालिका तयार रहेको बताए । 

कृषि औजार बिग्रने र बनाउन समस्या भएपछि किसानहरुको समस्यालाई दृष्टिगत गर्दै नगरपालिकाले मिनिटिलर मर्मतसम्बन्धी तालिमसमेत सञ्चालन गरेको शाखाप्रमुख आचार्यले बताए । नगरपालिकाले यसअघि पनि विभिन्न बीउ बिजन र कृषि सामग्री किसानहरुलाई वितरण गर्दै आएको थियो । ९ एच. पी प्रट्रोल मिनिटिलिरप्रति थान रु ६० हजारका दरले रु नौ लाख ६० हजार र ७ एच।पी प्रति थान रु ५० हजारका दरले  रु १० लाख ५० हजारसहित रु २० लाख १० हजार बराबरको सामग्री वितरण गरिएको कृषि शाखाका प्राविधिक रामगोपाल श्रेष्ठले जानकारी दिनुभयो । कृषि सामग्रीसँगै तालिम पाउँदा सामान मर्मत तथा खेती गर्न सजिलो भएको र उत्पादनमा समेत वृद्वि हुने मेलम्ची–८ का किसान सम्झना गिरीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप