एमसीसीमा मतदान हुँदा संसद बैठक बहिस्कार गर्ने प्रचार गलत : नारायणकाजी श्रेष्ठ
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संसदमा पेश भएको एमसीसीबारे मतदान हुँदा आफ्नो पार्टीका सांसदले संसद बैठक बहिष्कार गर्ने र यथास्थितिमा अनुमोदन गर्न सहयोग पुर्याउने भनेर गलत प्रचारबाजी भइरहेको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरेक छन् ।
नेता श्रेष्ठले शुक्रबार सामाजिक सञ्जालमार्फत एमसीसीबारे पार्टीले यसअघि पार्टीले गरेको निर्णयमा कुनै परिवर्तन नआएको पनि प्रस्ट पारेका छन् ।
‘हाम्रो पार्टीले आठौं महाधिवेशनबाट र त्यसपछिका सबै छलफलहरूबाट एमसीसी सम्झौताका बारेमा निकालेको निष्कर्ष र लिएको निर्णय स्पष्ट छ, एमसीसी सम्झौता यसका राष्ट्रिय सार्वभौमिकता,स्वाधीनता र हित प्रतिकूलका प्रावधानहरुलाई संशोधन नगरी यथास्थितिमा स्वीकार नगर्ने र संसदबाट पारित नगर्ने’, श्रेष्ठले लेखेका छन्, ‘हामी त्यसैमा कायम छौं ।’ उनले संसदमा एमसीसी पेश गरिसकिएको सन्दर्भमा माओवादी केन्द्रले विफल पार्न विपक्षमा मतदान गर्ने बताएका छन् ।
‘यसबारे मतदान हुँदा हाम्रो पार्टीले संसद बैठक बहिष्कार गर्नेछ र यथास्थितिमा यो प्रस्ताव अनुमोदन गर्न सहयोग पुर्याउनेछ भन्ने प्रचार गलत हो । कसले यो भ्रमात्मक प्रचार अभियान सञ्चार माध्यममार्फत चलाउँदैछ ? सावधान !’श्रेष्ठको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण