एमसीसीमा मतदान हुँदा संसद बैठक बहिस्कार गर्ने प्रचार गलत : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संसदमा पेश भएको एमसीसीबारे मतदान हुँदा आफ्नो पार्टीका सांसदले संसद बैठक बहिष्कार गर्ने र यथास्थितिमा अनुमोदन गर्न सहयोग पुर्याउने भनेर गलत प्रचारबाजी भइरहेको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरेक छन् ।
नेता श्रेष्ठले शुक्रबार सामाजिक सञ्जालमार्फत एमसीसीबारे पार्टीले यसअघि पार्टीले गरेको निर्णयमा कुनै परिवर्तन नआएको पनि प्रस्ट पारेका छन् ।
‘हाम्रो पार्टीले आठौं महाधिवेशनबाट र त्यसपछिका सबै छलफलहरूबाट एमसीसी सम्झौताका बारेमा निकालेको निष्कर्ष र लिएको निर्णय स्पष्ट छ, एमसीसी सम्झौता यसका राष्ट्रिय सार्वभौमिकता,स्वाधीनता र हित प्रतिकूलका प्रावधानहरुलाई संशोधन नगरी यथास्थितिमा स्वीकार नगर्ने र संसदबाट पारित नगर्ने’, श्रेष्ठले लेखेका छन्, ‘हामी त्यसैमा कायम छौं ।’ उनले संसदमा एमसीसी पेश गरिसकिएको सन्दर्भमा माओवादी केन्द्रले विफल पार्न विपक्षमा मतदान गर्ने बताएका छन् ।
‘यसबारे मतदान हुँदा हाम्रो पार्टीले संसद बैठक बहिष्कार गर्नेछ र यथास्थितिमा यो प्रस्ताव अनुमोदन गर्न सहयोग पुर्याउनेछ भन्ने प्रचार गलत हो । कसले यो भ्रमात्मक प्रचार अभियान सञ्चार माध्यममार्फत चलाउँदैछ ? सावधान !’श्रेष्ठको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीलाई सुहाउँदो बजेट आउँछ : मन्त्री शाह
-
‘अनटेस्ट’ मोटरसाइकल छोएको निहुँमा सिराहामा खुकुरी प्रहार, तीनजना पक्राउ
-
बजेट कार्यान्वयनको सन्दर्भमा सरकार हराइरहेको छ
-
प्रिसा साह मृत्यु प्रकरण : भुवनेश्वर प्रहरीले के भन्यो ?
-
कालीगण्डकी तर्न साँघुको भर
-
पुरानै संयोग जुर्दैछ मुम्बई इन्डियन्ससँग, उत्साही छन् समर्थक