अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरीको ५ टोली फिल्डमा
अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरीको जम्बो टोली परिचालन गरिएको फिल्डमा खटिएको छ । बलात्कार मुद्दा दर्तासँगै उनीविरुद्ध जिल्ला अदालत तनहुँले फागुन ११ मा पक्राउ पूर्जी जारी गरेको थियो । पलको खोजीमा प्रहरीको ५ टोली परिचालन गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा, परिसर ललितपुर र जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले उनीबारे अनुसन्धान गरिरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँले फागुन ११ मा उनको खोजतलासमा सहयोग गरिदिन महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको थियो । पललाई पक्राउ गर्न काठमाडौंमा पत्राचार गरिएको तनहुँका एसपी राजेन्द्रबावु रेग्मीले रातोपाटीलाई बताए ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार उनी काठमाडौंमा लुकिछिपी हिँडिरहेका छन् । पल नेपाली चलचित्र तथा म्यूजिक भिडियोका लोकप्रिय अभिनेता हुन् । उनीमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप छ । घटनास्थल तनहुँ भएको हुनाले नाबालिगका परिवारले तनहुँ जिल्ला प्रहरी कार्यकालमा उनीविरुद्ध जाहेरी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
-
सुदूरपश्चिममा पाँचौँ मुख्यमन्त्री बन्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण