युक्रेनमा रहेका विद्यार्थीलगायतको उद्धार गर्न माग
अनेरास्ववियू (क्रान्तिकारी) ले युक्रेनमा सुरक्षा जोखिममा रहेका विद्यार्थीहरु तथा सम्पूर्ण नेपाली नागरिकहरुको उद्धार कार्य अबिलम्ब अघि बढाउन सरकारसँग माग गरेको छ । क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले जारी गरेको विज्ञप्तिमा रुस–युक्रेन तनावले युद्धको रुप लिएपछि युक्रेनमा उत्पन्न परिस्थिति र बढ्दै गएको सुरक्षा खतरा तथा त्यसबाट नेपाली विद्यार्थी लगायत त्यहाँ रहेका नेपाली समुदायमा परेको संकट प्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।
विदेशी भूमिमा रहेका नागरिकहरुमा प्राकृतिक विपत्ति, युद्ध र महामारीबाट सुरक्षा खतरा उत्पन्न हुँदा आफ्ना नागरिकको जिउधनको सुरक्षा गर्नु हरेक मुलुकका सरकारको पहिलो कर्तव्य हुने भन्दै सिंहले संकटमा परेका नागरिकहरुलाई सुरक्षित रहन अपिल गर्ने एउटा सामान्य विज्ञप्ति मात्रले राज्यको आफ्ना नागरिक प्रतिको जिम्मेवारी कदापी पुरा हुन नसक्ने बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण