शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

पल प्रकरण : सोधपुछका लागि निर्देशक थापालाई प्रहरी कार्यालय लगियो

शनिबार, १४ फागुन २०७८, १४ : ०५
शनिबार, १४ फागुन २०७८

नाबालिगमाथि करणी गरेको गरेको आरोप फरार रहेका अभिनेता पल शाहबारे सोधपुछ गर्न निर्देशक सुदर्शन थापालाई प्रहरीले तीनकुने स्थिति प्रहरी कार्यालय लगेको छ । निर्देशक नारायण पुरीले रातोपाटीलाई दिएको जानकारी अनुसार प्राइम टेलिभिजनमा अन्तरवार्ताका लागि पुगेका थापाले प्रहरीले सोधपुछका लागि भन्दै प्रहरी कार्यालय लगेको हो ।

थापा शाह अभिनीत चलचित्र ‘म यस्तो गीत गाउँछु–२ का निर्माता तथा निर्देशक हुन् । पुरीले रातोपाटीसँग भने, ‘टेलिभिजनको कार्यालयमा नै पुगेर प्रहरीले थापालाई लगेका छन् । हामी पनि आउनुपर्छ भन्दा वहाँहरुले केही बेर सोधपुछका लागि मात्र हो भनेर भन्नुभएको छु ।’ 

यता, प्रहरीले पनि थापालाई पल शाहका विषयमा सामान्य सोधपुछका लागि बोलाएको रातोपाटीलाई जानकारी दिएको छ । शाहलाई पक्राउ गर्न प्रहरीको जम्बो टोली परिचालन गरिएको फिल्डमा खटिएको छ ।  बलात्कार मुद्दा दर्तासँगै उनीविरुद्ध जिल्ला अदालत तनहुँले फागुन ११ मा पक्राउ पूर्जी जारी गरेको थियो । पलको खोजीमा प्रहरीको ५ टोली परिचालन गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा, परिसर ललितपुर र जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले उनीबारे अनुसन्धान गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप