पलको आत्मसमर्पणको निर्णयलाई पूजाले भनिन् ‘सम्मान छ रियल हिरो’
नायक पल शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका छन् । नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि फरार रहँदै आएका शाहले आइतबार प्रहरीमा आत्मसमर्पण गर्ने बताएका हुन् ।
शाहले सामाजिक सञ्जालमार्फत उनले स्वास्थ्य समस्याका साथै केही घरको सबै व्यवहार मिलाउनुपर्ने भएकाले प्रहरीमा उपस्थित हुन नसकेको बताउदै आजै आत्मसमर्पण गर्ने बताएका हुन् ।
पलको आत्मसमर्पण गर्ने निर्णयलाई अभिनेत्री पूजा शर्माले पनि सम्मान भएकी छन् । पूजाले सामाजिक संजालमा पलले सार्वजनिक गरेको आत्मसमर्पण गर्ने स्टाटस पोष्ट गर्दै लेखेकी छन् , ‘सम्मान छ रियल हिरोलाई । सत्यको जित अवश्य हुनेछ ।’
पल र पूजा अभिनित फिल्म ‘म यस्तो गित गाउँछु २’ देशभर शुक्रबारबाट प्रदर्शन भइरहेको छ । पूजा पछिल्लो समय पलको तस्बिर अंकित टिसर्ट लगाएर सार्वजनिक कार्यक्रममा देखिने गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
-
सुदूरपश्चिममा पाँचौँ मुख्यमन्त्री बन्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण