सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

‘व्याख्यात्मक घोषणा’प्रति भीम रावलको टिप्पणी : जनतालाई ठग्न लागियो !

आइतबार, १५ फागुन २०७८, १२ : ३८
आइतबार, १५ फागुन २०७८

काठमाडौं एमाले नेता भीम रावलले एमसीसी सम्झौता सरकारको एकपक्षीय संकल्प प्रस्ताव वा ‘व्याख्यात्मक घोषणा’ ले सच्चिन्छ भनेर जनतालाई ठग्न लागिएको टिप्पणी गरेका छन् ।  आइतबार सत्तारुढ दलले एमसीसीको व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेसँगै नेता रावलले ट्वीट गर्दै यस्तो टिप्पणी गरेका हुन् ।  

‘एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधान सरकारको एकपक्षीय संकल्प प्रस्ताव वा ’व्याख्यात्मक टिप्पणी’ बाट सच्चिने कुरा गर्नु जनतालाई ठग्नु हो’, रावलले यसलाई महाकाली सन्धिको संकल्प प्रस्ताव जस्तै भएको समेत बताएका छन् । 
‘यो महाकाली सन्धिको ’संकल्प प्रस्ताव’ जस्तै निहित सत्ता स्वार्थका लागि विदेशीको भक्ति गरी मातृभूमिमाथि लात्ती बजार्नु जस्तै हो । देशघाती चरित्र !’, रावलको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप