कोका-कोलाको सबैभन्दा सानो ‘कान्छु प्याक’ बजारमा
कोका-कोलाले सबैभन्दा सानो र कान्छो उत्पादन ‘कान्छु बोतल’ नेपालमा ल्याएको छ । यो कान्छु बोतल जम्मा २५ रुपैयाँमा १७५ एमएलको आरजीबी–रिटर्नेबल ग्लास बोतल प्याकमा उपलब्ध छ । नेपाली भाषाको कोका–कोला लोगोसहित आएको यो प्याकले नेपाली उपभोक्ताहरूसँग अझै नजिकको सम्बन्ध जोड्ने कोका-कोलाले विश्वास गरेको छ ।
कान्छु बोतललाई वातावरण–मैत्री बनाउनको लागि पुनः प्रयोग गर्न मिल्ने तरिकाले डिजाइन गरिएको कोला-कोलाले जनाएको छ । यो ग्लास प्याकेजिङमा आउने हुँदा कोकको फ्रेसनेस र ग्रेट टेस्ट लामो समयसम्म रहिरहने र रिटर्नेबल ग्लास बोतल १७५ एमएल प्याकमा नेपालको सबै डिपार्ट्मेन्ट स्टोर र किराना पसलहरूमा फ्यान्टा र स्प्राइटको लागि पनि उपलब्ध छ ।
कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले उपभोक्ताहरूलाई पेयपदार्थ र प्याकेजिङमा चोइसेजहरू प्रदान गर्न निरन्तर प्रतिबद्ध रहेकाले सोहीअनुसार कान्छु बोतल जम्मा २५ रुपैयाँमा ल्याइएको बताए । यो फ्यान्टा र स्प्राइटमा पनि लागू गरिएको उनले जानकारी दिए । नयाँ आरजीबी बोतल कोका–कोलाको नेपालमा उपलब्ध पेयपदार्थमध्ये सबैभन्दा सानो बोतल हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण