मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

कोका-कोलाको सबैभन्दा सानो ‘कान्छु प्याक’ बजारमा

आइतबार, १५ फागुन २०७८, १४ : ०६
आइतबार, १५ फागुन २०७८

कोका-कोलाले सबैभन्दा सानो र कान्छो उत्पादन ‘कान्छु बोतल’ नेपालमा ल्याएको छ । यो कान्छु बोतल जम्मा २५ रुपैयाँमा १७५ एमएलको आरजीबी–रिटर्नेबल ग्लास बोतल प्याकमा उपलब्ध छ । नेपाली भाषाको कोका–कोला लोगोसहित आएको यो प्याकले नेपाली उपभोक्ताहरूसँग अझै नजिकको सम्बन्ध जोड्ने कोका-कोलाले विश्वास गरेको छ ।

कान्छु बोतललाई वातावरण–मैत्री बनाउनको लागि पुनः प्रयोग गर्न मिल्ने तरिकाले डिजाइन गरिएको कोला-कोलाले जनाएको छ । यो ग्लास प्याकेजिङमा आउने हुँदा कोकको फ्रेसनेस र ग्रेट टेस्ट लामो समयसम्म रहिरहने र रिटर्नेबल ग्लास बोतल १७५ एमएल प्याकमा नेपालको सबै डिपार्ट्मेन्ट स्टोर र किराना पसलहरूमा फ्यान्टा र स्प्राइटको लागि पनि उपलब्ध छ ।

कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले उपभोक्ताहरूलाई  पेयपदार्थ र प्याकेजिङमा चोइसेजहरू प्रदान गर्न निरन्तर प्रतिबद्ध रहेकाले सोहीअनुसार कान्छु बोतल जम्मा २५ रुपैयाँमा ल्याइएको बताए । यो फ्यान्टा र स्प्राइटमा पनि लागू गरिएको उनले जानकारी दिए । नयाँ आरजीबी बोतल कोका–कोलाको नेपालमा उपलब्ध पेयपदार्थमध्ये सबैभन्दा सानो बोतल हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप