बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसीमा ‘व्याख्यात्मक टिप्पणी’ : नेम्वाङ भन्छन्– अहिले केही नभनौं, यी साथीहरुको कुनै ठेगान छैन !

आइतबार, १५ फागुन २०७८, १४ : ०५
आइतबार, १५ फागुन २०७८

नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोधलाई आज पनि निरन्तरता दिने भएको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधिसभा बैठक अवरोधलाई निरन्तरता दिने बताएका हुन् । उनले एमसीसीबारे सत्तारुढ दलले ‘व्याख्यात्मक घोषणा’सहित पारित गर्ने तयारी गरेकोमा त्यसबारे भने अहिले नै कुनै टिप्पणी नगर्ने बताए । 

‘एक नम्बर हाम्रो संसदमा आन्दोलन जुन छ, त्यो जारी रहन्छ ।’ नेम्वाङको भनाइ छ । उनले सत्तापक्षले वा गठबन्धनले एमसीसीबारे के गर्छ त्यो कुरा अझै प्रस्ट नभएको पनि बताए । ‘चर्चा हल्ला विभिन्न छन् । एमसीसीबारे आज उहाँहरुले व्याख्यात्मक टिप्पणी गर्नुभएछ भने गरिसकेपछि भनौँला । अहिले किन नभन्ने भन्दा यी साथीहरुको केही ठेगान छैन ।’

उनले गठबन्धनका निर्णय एकएक मिनेटमा परिवर्तन भइरहने दावी समेत गरे ।  आइतबार बिहान बसेको सत्तारुढ दलको बैठकले एमसीसीबारे व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्ने निर्णय गरेको थियो । यसअघि लामो समयसम्म सत्तारुढ दलका नेताहरूबाट एमसीसीबारे फरकफरक मत सार्वजनिक भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप