एमसीसीमा ‘व्याख्यात्मक टिप्पणी’ : नेम्वाङ भन्छन्– अहिले केही नभनौं, यी साथीहरुको कुनै ठेगान छैन !
नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोधलाई आज पनि निरन्तरता दिने भएको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधिसभा बैठक अवरोधलाई निरन्तरता दिने बताएका हुन् । उनले एमसीसीबारे सत्तारुढ दलले ‘व्याख्यात्मक घोषणा’सहित पारित गर्ने तयारी गरेकोमा त्यसबारे भने अहिले नै कुनै टिप्पणी नगर्ने बताए ।
‘एक नम्बर हाम्रो संसदमा आन्दोलन जुन छ, त्यो जारी रहन्छ ।’ नेम्वाङको भनाइ छ । उनले सत्तापक्षले वा गठबन्धनले एमसीसीबारे के गर्छ त्यो कुरा अझै प्रस्ट नभएको पनि बताए । ‘चर्चा हल्ला विभिन्न छन् । एमसीसीबारे आज उहाँहरुले व्याख्यात्मक टिप्पणी गर्नुभएछ भने गरिसकेपछि भनौँला । अहिले किन नभन्ने भन्दा यी साथीहरुको केही ठेगान छैन ।’
उनले गठबन्धनका निर्णय एकएक मिनेटमा परिवर्तन भइरहने दावी समेत गरे । आइतबार बिहान बसेको सत्तारुढ दलको बैठकले एमसीसीबारे व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्ने निर्णय गरेको थियो । यसअघि लामो समयसम्म सत्तारुढ दलका नेताहरूबाट एमसीसीबारे फरकफरक मत सार्वजनिक भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण