शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजारमा ७ अंक गिरावट, कारोबार रकम ३ अर्बमात्रै

आइतबार, १५ फागुन २०७८, १७ : १५
आइतबार, १५ फागुन २०७८

साताको पहिलो दिन आज (आइतबार) नेपालको सेयर बजारमा ७ अंकको गिरावट आएको छ । प्रि-ओपनिङमा बढेर कारोबार शुरू भए पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ७.७३ अंकले घटेर बन्द भएको हो । यससँगै, नेप्से परिसूचक २६५३ अंकमा आइपुगेको छ ।

आज ३ अर्ब २७ करोड रुपैयाँ बराबरको ७० लाख ४० हजार कित्ता सेयर किनबेच भएको छ । कारोबार भएका १३ मध्ये दुई समूहमा सुधार आएको छ । जलविद्युत समूह ३४ अंक र अन्य समूहमा १५ अंकले सुधार आएको हो ।

यसबाहेक, कारोबारमा आएका अन्य सबै समूहमा गिरावट आएको छ । आज कारोबार भएकामध्य जीवन बीमा समूहमा ११६ अंकले घटेको छ भने उत्पादनमूलक समूहमा ७१ अंकले घटेको छ । यस्तै, निर्जीवन बीमा समूहमा ३२ अंकले तथा लघुवित्त समूहमा ३१ अंकको गिरावट आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप