मानव सभ्यताको निरन्तरतालाई जलवायुले चुनौति दिँदैछ : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले मानव सभ्यताको निरन्तरताको लागि जलवायु संकटले चुनौति थपिरहेको भन्दै पारिस्थितिकीय प्रणालीलाई सुदृढ तुल्याउन न्यायिक जगतको ध्यानाकर्षण गराएकी छन् । आइतबार प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको १५ औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।
उनले सामाजिक अभियन्ताको रुपमा परिचित कानुन व्यवसायीहरुले आफूलाई सधैँ अद्यावधिक गर्दै लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समतामुलक र न्यायपूर्ण समाजको निर्माणमा समर्पित हुनुपर्ने बताइन् । राष्ट्रपति भण्डारीले विपन्न वर्ग तथा आर्थिक अवस्था कमजोर भएका नागरिकको न्यायमा पहुँच सुनिश्चित गर्न बारले बिस्तार र प्रभावकारी बनाउने कामलाई निरन्तारता दिनुपर्ने बताइन् । उनले कानुनको अध्ययन, अध्यापन हुने प्राज्ञिक संस्थाहरुमा गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै योग्य, सक्षम र चरित्रवान कानूनवेत्ता, अनुसन्धानकर्ता र कानुन व्यवसायी उत्पादन गर्ने विषयमा बारले पहल गर्नुपर्ने बताइन् ।
राष्ट्रपति भण्डारीले भनिन्, ‘सामाजिक अभियन्ताको रुपमा परिचित कानुन व्यवसायीहरुले आफूलाई सधैँ अद्यावधिक गर्दै लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समतामुलक र न्यायपूर्ण समाजको निर्माणमा समर्पित हुनुपर्दछ । विपन्न वर्ग तथा आर्थिक अवस्था कमजोर भएका नागरिकको न्यायमा पहुँच सुनिश्चित गर्न बारले निःशुल्क कानुनि सहायता उपलब्ध गराउँदै आएकोमा म सरहना गर्दै यस कार्यलाई विस्तार र प्रभावकारी बनाउन अग्रसर हुनुहुनेछ भन्ने अपेक्षा गरेको छु । यति मात्रै होइन, मानव सभ्यताको निरन्तरताको लागि जलवायु संकटले चुनौति थपिरहेको सन्दर्भमा बोल्न नसक्ने जस्तो हिमाल, नदी, ढुंगा, माटो, बोटबिरुवा, जनावर र चराचुरुंगीको रक्षा गरी पारिस्थितिकीय प्रणालीलाई सुदृढ तुल्याउनका लागि समेत न्यायिक जगतबाट प्रभावकारी कदम चाल्नुपर्ने विषयमा म ध्यान आकृष्ट गराउन चहन्छु । कानुनको अध्ययन, अध्यापन हुने प्राज्ञिक संस्थाहरुमा गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै योग्य, सक्षम र चरित्रवान कानूनवेत्ता, अनुसन्धानकर्ता र कानून व्यवसायी उत्पादन गर्ने विषयमा पनि नेपाल बारले पहल गर्नुपर्ने आवश्यक ठान्दछु ।’
नेपाल बार एशोसिएशनले आयोजना गरेको १५ औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन फागुन १५,१६ र १७ गते गरी तीन दिनसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण