शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

रमा बनिन् ‘द मम–ब्युटी कन्टेस्ट’ को विजेता

सोमबार, १६ फागुन २०७८, १० : ५१
सोमबार, १६ फागुन २०७८

‘द मम–ब्युटी कन्टेस्ट’ को शीर्ष उपाधि रमा खड्का पौडेलले चुमेकी छन् । प्रतियोगितामा ‘मस्ट पपुलर’ अवार्ड समेत हात पारेकी पौडेलले २५ हजार नगदसहित विभिन्न उपहार समेत हात पारेकी छन् ।

मोडल सङ्स नेपालको आयोजना र आमा सुन्दरी सहभागी प्रतियोगितामा विधागततर्फ भने निलिमा बजगाईं उप्रेतीले ‘अडियन्स च्वाइस’ र ‘बेस्ट स्माइल’, ललिता शेर्पा ‘ट्यालेन्ट’, ‘बेस्ट पर्सनालिटी’ र ‘मस्ट फोटोजेनिक’, दिपिका पौडेलले ‘कन्फिडेन्ट’, सिलसिला गुरुङ ‘डिसिप्लिन’, सरस्वती डंगोल महर्जनले ‘इनोसेन्ट’ अवार्ड जिते ।

रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगितामा राजकुमार छेत्री, सोना अमात्य, डा.अर्पन शाह, अभिनेता रमेश उप्रेती, रेजिना तुलाधर, अंकिता श्रेष्ठ निर्णायक थिए । आयोजक संस्थाका अध्यक्ष डेविल सिंह राजपुतले आमा भइसकेकी नारीको आन्तरिक सौन्दर्यलाई बाहिर ल्याएर आधुनिक समाजका अवसरहरूलाई नेपाली पारामा ‘ब्लेण्ड’ गर्दै लैजाने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।

कार्यक्रममा अभिनेता भुवन केसी, कलाकार किरण केसी, हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज कँडेल शर्मालगायत अतिथिका रुपमा सहभागी थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप