नेप्सेमा ४३ अंक गिरावट, कारोबार साढे ३ अर्बमा सीमित
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ४३.१० अंकले घटेको छ । कारोबार बढेर सुरू भएपनि तीव्र उतार-चढावबीच अन्तिम समयमा ४३ अंकभन्दा बढीले घट्दै परिसूचक २६१० अंकमा झरेको हो । आज नेप्सेमा ३ अर्ब ६६ करोड रुपैयाँ बराबरको ७८ लाख ३४ हजार कित्ता सेयर किनबेच भएको छ । उक्त मूल्य बराबरको सेयर आज ५४ हजार पटक कारोबार भएको हो ।
परिसूचक दोहोरो अंकले घटेको दिन आज सबै समूहमा गिरावट आएको छ । सबैभन्दा बढी जीवन बीमा समूहमा २९५ अंकको गिरावट आएको छ भने निर्जीवन बीमा समूहमा २६८ अंकको गिरावट आएको छ । यसैगरी, उत्पादनमूलक समूहमा १२९ अंकको तथा जलविद्युत समूहमा १०२ अंकको गिरावट आएको छ ।
बजार उच्च अंकले घटेको दिन नेप्सेमा सामलिङ पावर कम्पनी र तेह्रथुम पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । यी दुई कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको हो । यसअघि, मिलिनियम च्यालेन्ज कर्पोरेशन मामिलामा भएको विवादले प्रभावले बजार घट्दै आएको बताइए पनि यसको किनारा लाग्दासमेत बजार घट्ने क्रम नरोकिएको हो ।
खासगरी यतिबेला बजारमा लगानीयोग्य रकम अभाव छ । यसैगरी, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत औद्योगिक लगानी बाहेकको क्षेत्रको ऋण प्रवाहमा कडाइ गर्ने नीति लिएको छ । जसको प्रभावस्वरूप बजार निरन्तर घटिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण