युक्रेनका लागि आगामी २४ घण्टा महत्त्वपूर्ण : राष्ट्रपति जेलेन्स्की
सोमबार, १६ फागुन २०७८, २२ : ३४
युक्रेनको रुससँगको लडाइका लागि आगामी २४ घण्टा महत्त्वपूर्ण हुने युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग फोनवार्ताको क्रममा भन्नु भएको युक्रेनको राष्ट्रिय समाचार एजेन्सीले उल्लेख गरेको छ।
सो अवसरमा जोनसनले बेलायत र अन्य सहयोगीहरूबाट युक्रेनमा पुग्ने रक्षात्मक सहायता सुनिश्चित गर्न आफूले सक्दो सहयोग गर्ने बताउँनु भएको छ। यसैबीच, क्षेत्रीय सरकारका अनुसार दक्षिणी युक्रेनको बर्दियान्स्क शहर सोमबार बिहान रुसी सेनाले कब्जा गरेको थियो।
यद्यपि युक्रेनी सेनाले भने सोमबार कीभको अवस्था अझै नियन्त्रणमा रहेको बताएको छ । पछिल्लो घटनाक्रम अनुसार युक्रेनी प्रतिनिधिमण्डल बेलारुसको गोमेल क्षेत्रमा रुसी पक्षसँग वार्ताका लागि आइपुगेको स्पुतनिकले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण