होटलको कोठामा एक महिलाको शव भेटियो
सुनसरीको धरान उपमहानगरपालिका–१८ बुद्धचोकस्थित ‘न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउस’को एक कोठामा महिलाको शव फेला परेको छ । आज बिहान कोठा सफा गर्न गएका बेला होटलका कर्मचारीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अन्दाजी ३०÷३५ वर्षीय महिलाको शव फेला परेको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।
होटल सञ्चालक सुशील जिमीका अनुसार दुई दिनदेखि ती महिलासँगै एक जना पुरुष होटलको १०९ नंको कोठा बुक गरेर बसेका थिए । बिहान सरसफाइ गर्ने क्रममा ढोकाको चुकुल नलगाएको देखेर कोठामा छिरेका कर्मचारीले बेडमा सुतेकै अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सोमबार बेलुकासम्म महिला र एक पुरुषसँगै बसे पनि बिहान भने ती पुरुष थिएनन् । फरार रहेका ती पुरुष र मृतक महिलाबीचको सम्बन्ध खुल्न सकेको छैन । महिलाको शरीरमा चोट पटक लागेको देखिएको र सँगै रहेका पुरुष फरार रहेका कारण महिलाको हत्या भएको हुनसक्ने प्रहरी उपरीक्षक थापाले बताए । घटनाको विषयमा अनुसन्धान भइरहको छ भने महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
ती महिला बसेको कोठामा सुमित्रा तामाङ लेखिएको परिचय पत्र फेला परेको प्रहरीले जनाएको छ । परिचय पत्रका आधारमा सनाखतका लागि प्रहरीले महिलाको आफन्तलाई बोलाएको छ । महिलाको अनुहारमा पनि चोटपटक रहेका कारण घटना शङ्कास्पद रहेको प्रहरी उपरीक्षक थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण