बुटवल अटो इन्जिनियरिङ एसोसिएसनको अध्यक्षमा न्यौपाने निर्वाचित
मङ्गलबार, १७ फागुन २०७८, १५ : १५
रुपन्देहीको बुटवल अटो इन्जिनियरिङ एसोसिएसनको १४ औ अधिवेशनबाट अध्यक्षमा तुल्सीराम न्यौपाने विजयी भएका छन् । निर्वाचनबाट न्यौपानेको प्यानल नै विजयी बनेको हो ।
निर्वाचनमा तीन प्यानल चुनावी मैदानमा थियो । अध्यक्षका प्रत्यासी न्यौपानेले २१२ मत पाएका छन् भने उनका प्रतिस्पर्धी चन्द्रमणि भण्डारीले १२२ र प्रेम गौचनले १२० मत प्राप्त गरेको निर्वाचन अधिकृत शालिकराम बन्जाडेले जानकारी दिएका छन् ।
उद्योग उपाध्यक्षमा कृष्णप्रसाद न्यौपाने र वाणिज्य उपाध्यक्षमा रमेशकुमार श्रेष्ठ विजयी भएका छन्। महासचिवमा ध्रुवराज भुसाल, कोषाध्यक्षमा चिन्तामणि खनाल र सचिवमा पूजा गैरे निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरूमा देवीकला पौडेल, राजेशकुमार जोशी, पोषराज अर्याल, सुशील पाण्डे, शिशुमाया अर्या, युवराज ढकाल, शिवप्रसाद बजगाईँ र भरत साहानी विजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण