महाशिवरात्रि : बलिउडका यी फिल्ममा देख्न सकिन्छ शिवको रुप
बलिउड फिल्ममा एक्सन, रोमान्सको अलवा धर्मका विषय समेत समेटिने गरिएको छ । जसले भगवानप्रति आस्था र विश्वास समेत जगाउने गर्छ । आज महाशिवरात्रिको अवसर पारेर ति बलिउड फिल्मको चर्चा गर्दैछौँ । जसमा शिवको महिमा र आस्था समेटिएको छ ।
शिवाय : अजय देवगनको फिल्म ‘शिवाय’ शिव भक्तले हेरेको हुनुपर्छ । फिल्ममा अजय देवगनले एक पर्वतारोहीको भुमिका निर्वाह गरेका छन् । फिल्ममा अजयको भूमिकाको नाम नै शिवाय राखिएको छ । २०१६ मा रिलिज फिल्म दर्शकले रुचाएका थिए ।
केदारनाथ : फिल्म ‘केदारनाथ’ शिवको महिमानमा आधारित फिल्म हो । जसमा केदारनाथमा हुने गतिबिधि समेटिएको छ । स्वर्गिय अभिनेता सुशान्त सिंह राजपुत र सारा अली खानको फिल्ममा मुख्य भुमिका रहेको थियो । साराले यसै फिल्मबाट अभिनयमा डेब्यु गरेकी हुन् । फिल्ममा शिवसँग जोड्ने ‘नमो नमो’ गीत पनि छ ।
बाहुबली : सुपरहिट फिल्म हो ‘बाहुबली’ । फिल्ममा अभिनेता प्रभासले शिवलिङ्ग काधमा उठाएर झरनामा स्थापित गरेको देखाइएको छ । फिल्मको यो दृश्यले दर्शकको मन जित्छ । फिल्मको गीत ‘कौन है वो कौन है’ अहिले पनि दर्शकको फेवरेट गीत हो ।
स्याटलाइट शंकर : आदित्य पंचोलीको फिल्म ‘स्याटलाइट शंकर’ मा पनि शिवको विश्वास र भक्ति देखाइएको छ । फिल्मले आत्मा र परआत्माको मिलनको विषय व्यक्त गर्दछ । आदित्यले यस फिल्मबाट बलिउडमा कमब्याक गरेका थिए ।
ब्रह्मास्त्र : आलिया भट्ट र रणवीर कपुरको फिल्म ‘ब्रह्मास्त्र’ पनि सुचिमा राख्न मिल्छ । फिल्म अहिलेसम्म रिलिज भएको छैन । फिल्ममा रणवीर कपुरले निर्वाह गरेको भूमिकाको नाम शिव छ । फिल्ममा शिवसँग जोडेर केही शक्ति देखाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण