मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

राजधानीको बूढानीलकण्ठमा एक पुरुषको शव फेला, हत्याको आशंका

बुधबार, १८ फागुन २०७८, ११ : २९
बुधबार, १८ फागुन २०७८

राजधानीको बूढानीलकण्ठमा एक पुरुषको शव फेला परेको छ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ५ स्थित प्लटिङ गरिएको जग्गामा अन्दाजी ३० वर्षीय पुरुषको शव फेला परेका हो । उनको शरीरको विभिन्न भागमा चोटपटक देखिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । 

पुरुषको हत्यापछि त्यहाँ शव फालिएको हुन सक्ने भन्दै महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले अनुसन्धान सुरु गरिएको बताए । मृतकको सनाखत हुन बाँकी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप