साना दल र मोर्चाले एमसीसीको विरोधमा थप आन्दोलन गर्ने
साना ६ दल र दुई मोर्चाले अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी साना ६ दल र २ मोर्चाले एमसीसीको विरोधमा थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
सरकारले आइतबार बसेको प्रतिनिधिसभाको बैठकबाट एमसीसी पास गरेको थियो । त्यसको विरोधमा साना दल र मोर्चाले आन्दोलन गर्दै आएका छन् । साना दल र मोर्चाले यही फागुन २० गतेदेखि चैत ६ गतेसम्म आन्दोलन गर्ने जनाएको छ ।
२० गते काठमाडौं उपत्यकामा विशाल प्रदर्शन र विरोध सभा, २२ गते बुद्धिजिविसँग अन्तक्रिया, २४ गते देशव्यापि प्रदर्शन, २६ गते विद्यार्थीहरुले देशभरिका क्याम्पसमा पदर्शन तथा विरोध गर्ने, २८ गते युवाहरुको विरोध प्रदर्शन, ३० गते मजदूरहरुको देशव्यापी विरोध प्रदर्शन रहेको छ ।
यस्तै चैत २ गते किसानहरुको विरोध प्रदर्शन, ४ गते श्रमिक तथा दलीतको विरोध प्रदर्शन, ६ गते राािष्ट्रय मोर्चा क्षेत्रीय र जातीय मोर्चाहरुले विरोध प्रदर्शन गर्ने पत्रकार सम्मेलनमा जनाइएको छ ।
पत्रकार सम्मेलनमा नेकपा क्रान्तिकारी माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले सरकारले संसदीय व्यवस्था विपरित एमसीसी संसदबाट पास गरेको बताए । उनले सरकारले गरेको १२ बुँदे व्याख्यात्मक घोषणा गलत भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण