विवाहलगत्तै शिबानी भइन् गर्भवती ? ‘बेबी बम्प’ बारे आफैंले दिइन् यस्तो जानकारी
शिबानी दांडेकर र फरहान अख्तर दुबै विवाह बन्धनमा बाँधिएदेखि नै चर्चामा छन् । नवविवाहित जोडी आफ्नो वेडिङ रिसेप्सनदेखि हरेक कार्यक्रममा तस्बिरका लागि सोसल मिडियामा छाइरहे । हालै शिबानीले फरहानसँग आफ्नो तस्बिर पोस्ट गरिन् । तस्बिर एक पार्टीको थियो जसलाई उनले आफ्ना नजिकका साथीका लागि होस्ट गरेकी थिइन् । तस्बिरमा शिबानीले आफ्नो नयाँ ट्याटु देखाएकी थिइन् तर ज्याटुको साटो एउटा तस्बिरमा उनी गर्भवती भएको हल्ला गर्नेहरुको मुख थुनिदिएको छ । यसमा नायिका आफैंले जवाफ पनि दिएकी छिन् ।
‘बेबी बम्प होइन टकिला हो’
कार्यक्रम प्रस्तोता तथा नायिका शिबानी दांडेकरले अब सोसल मिडियामा ती दाबी खारेज गरिदिएकी छिन् जसमा उनी गर्भवती भएको बताइएको थियो । बुधबार उनले इन्स्टाग्राममा एउटा भिडियो सेयर गरिन् जसमा उनले आफ्नो एब्स देखाएकी छिन् । भिडियोमा उनले लेखेकी छिन्, ‘म महिला हुँ ! म गर्भवती छैन । त्यो टकिला थियो ।’ उनले यी अफवाहमाथि प्रतिक्रिया दिएको इशारा गर्दै हासिरहेको इमोजी पनि राखेकी छिन् ।
तीन दिन अघि शिबानीले आफ्टर पार्टीका केही तस्बिर सेयर गरेकी थिइन् जसमा धेरैले उनी गर्भवती भएको लख काटेका थिए ।
स्मरण रहोस्, फरहान र शिबानीले १९ फेब्रुअरी सन् २०२२ मा विवाह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण