इलाममा घाइते चितुवाको उद्धार
बिहीबार, १९ फागुन २०७८, १५ : ५५
इलाममा फेला परेको घाइते चितुवाको उद्धार गरिएको छ । जिल्लाको माइजोगमाई–६ प्याङमा फेला परेको घाइते चितुवाको उद्धार गरिएको हो ।
एक खोल्सीमा चितुवा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले सव डिभिजन कार्यालय नयाँ बजारलाई जानकारी गराएपछि त्यहाँको आएको टोलीले गएराति ती चितुवालाई उद्धार गरी डिभिजन वन कार्यालय इलाममा ल्याइएको थियो ।
घाइते चितुवाको उपचार, पुनःस्थापनाका लागि कोसीटप्पु वन्यजन्तु आरक्षमा पठाइएको जिल्ला वन कार्यालय इलामका प्रमुख इन्द्रमणि भण्डारीले जानकारी दिए । उनका अनुसार चितुवाको शरीरमा घाउसमेत देखिएको बताइएको छ । मानिसले नै घाइते बनाएको वा अन्य वन्यजन्तुले घाइते बनाएको सम्बन्धमा अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण