बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

नोबेल मेडिकल कलेजका विद्यार्थीहरुले सुरु गरे रिले अनसन

बिहीबार, १९ फागुन २०७८, १७ : ०६
बिहीबार, १९ फागुन २०७८

नोबेल मेडिकल कलेजका विद्यार्थीहरुले अन्य शिक्षण अस्पतालमा चढ्नको लागि स्थान्तान्तरणको माग राख्दै रिले अनसन सुरु गरेका छन् । बिहीबारदेखि काठमाडौंको माइतीघर मण्डलामा चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परीक्षाबाट योग्यता श्रेणीमा पास गरेर आयोगको नियमानुसार काठमाडौं विश्वविद्यालयमा भर्ना भई नोबेलमा एम.बि.बि.एस पढ्न विद्यार्थीले अनसन सुरु गरेका हुन् ।

नोबेल कलेजका १० विद्यार्थीहरुले सरकारले बनाएको नियम नमान्ने क्याम्पसबाट अन्य शिक्षण अस्पतालमा पढ्ने वातावरण सहित स्थानान्तरण गर्न सरकारसँग माग राख्दै रिले अनसन भोक हड्ताल तथा धर्ना सुरु गरेका हुन् ।

उनीहरुले विगत ८० दिनदेखि निरन्तर रुपमा अध्ययन शुल्क बाहेकको अन्य शुल्क हटाउन माग गर्दै आन्दोलन गरिरहेका छन् । विद्यार्थीहरुले मन्त्रीपरिषद्को निर्णय कार्यान्वयन गर्न, २०१५/१६ ब्याजका विद्यार्थी  ​इटर्नसिप​को व्यवस्थापन गर्न माग  गरेका छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप